ऐतिहासिक पृष्ठभूमि

नेपाली महिलाहरुको स्वतन्त्रता आन्दोलनको आफ्नै गौरवमय इतिहास रहेको छ । योगमाया न्यौपानेले सन् १९१३ मा राणा शासन विरोध उचाल्नुभएको आन्दोलन नेपाली महिलाहरुको पहिलो सामाजिक, धार्मिक अवरोध थियो । नेपालीहरुको संगठनात्मक राजनीतिक आन्दोलन सन् १९४७ मा नेपाल महिला संगठन (नेमसं) को गठन भएपछि शुरु भयो । शुरुवातीका दिनहरुमा नेमसंले निरकुंश राणा शासन विरोध आफ्नो संघर्ष केन्द्रित ग¥यो । फलस्वरुप, आन्दोलनले महिलाहरुलाई मताधिकार, आंशिक शिक्षा अधिकार दिलायो  र सन् १९५० मा देश व्यापी सल्किएको आन्दोलनले प्रजातन्त्रलाई स्थापना गर्न सफल भयो । यसको केही समयपछि नेतृत्व पंक्तिमा विभिन्न धारहरु देखापर्न शुरु भयो । यसले अन्ततः कामछाया देवी बस्नेतको नेतृत्वमा फरक संगठन अखिल नेपाल महिला संघ (अनेमसं) को गठन भयो । अनेमसं जागरण अभियानहरु संचालन गर्ने, महिलाहरुलाई असमानता, अन्याय र सबै खालका भेदभाव विरोध संगठनात्मक हुन, एकिकृत गर्न र कटिबद्ध गराउन दत्तचित्त छ । 
सन् १९६०—९० सम्म कायम निरकुंश पञ्चायतको कालो युगमा सबै खालका राजनीतिक—सामाजिक क्रियाकलापहरु गर्न गराउन निषेध थियो र तत्कालिन समयमा प्रजातान्त्रिक योद्धाहरुलाई मर्माहत तरिकाले दबाउने देखि ज्यानै लिने कार्यहरु हुन्थ्यो । यस्तो विषंम परिस्थितिको परवाह नगरी त्यसबेलाका महिला अधिकारकर्मीहरुले पोखरामा मार्च १, १९८१ मा भेला भई अनेमसंलाई पुनःसंगठन गरी संगठनलाई भूमिगत रुपमा थप सशक्तिकरण गर्न बृहद कार्यक्रमहरु तर्जुमा ग¥यो । यसै प्रक्रियामा नेपालले पहिलो पटक सन् १९८१ मा ७१ औं “अन्तराष्ट्रिय कामकाजी महिलाहरुको दिवश” अनेमसंको ब्यानरमा मनायो । त्यसकारण, हामी गर्वका साथ भन्न सक्छौं कि अनेमसं नेपालको पहिलो संगठन हो, जसले नेपाली महिलाहरुको स्वतन्त्रताको लागि स्पष्ट दुष्टिकोण सहित पूर्ण सामाजिक रुपान्तरणका लागि निरन्तर नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको संगठन हो । सन् १९९० को संयुक्त जनआन्दोलन पूर्व जुन १२—१३, १९८९ मा अनेमसंले आफ्नो ऐतिहासिक पहिलो सम्मेलन सम्पन्न ग¥यो । यो सम्मेलनले १९९० को जनआन्दोलनको खाका तर्जुमा गरेको थियो । अनेमसंको पछिल्लो छेटांै राष्ट्रिय सम्मेलन अप्रिल २०—२३, २०१२ मा “निषेध, भागबण्डाको अन्त्यका लागि महिला मैत्री, सहभागी प्रजातन्त्र र एकताको लागि सशक्तिकरण” को नाराले सम्पन्न ग¥यो । 

मार्गचित्र
अनेमसंले प्रजातान्त्रिक, समानतापूर्ण र न्यायपूर्ण समाजको परिकल्पना गरेको छ, जसले महिला स्वतन्त्रता र लैंगिक समानताको सम्मान गर्दछ ।
लक्ष्य
अनेमसंको लक्ष्य सम्मानजनक हिंसारहित न्यायपूर्ण समाजको स्थापनाका लागि सबै खाले लंैगिक असमानताहरु, महिला विरोध हुने हिंसा र पतृसतात्मक सामन्ती सामाजिक—आर्थिक व्यवस्थापनको विरोध नेपाली महिलाहरुलाई गोलबद्ध गर्दै लैजानु र सशक्त ढंगले प्रतिरोध गर्न सक्षम गराउनु रहेको छ । 
उद्देश्यहरु
    समाजमा विद्यमान सबै खालका लैंगिक भेदभाव अन्त्यका लागि महिलाहरुलाई राजनीतिक रुपमा सशक्तिकरण गराउने
    सामाजिक सद्भाव, राष्ट्रिय एकता र शान्तिको विकास र विस्तारका लागि महिला मैत्री, समावेशी प्रजातन्त्रलाई आत्मसाथ गर्दै लैजाने
    सामन्ती पितुसतात्मक, नवउदारवादी र प्रतिगामी नीति, मुल्य, मान्यता र अभ्यासहरुको विरोध र प्रतिरोध गर्ने
    नेतृत्वमा महिलाको पहुँच र सहभागिताको विस्तार र समानुपातिक प्रतिनिधित्वको सुनिश्चितताको लागि राज्यको नीतिगत तहमै महिलाको लागि ३३% आरक्षणलाई राज्यको सबै निकाय, तह र सामाजिक—राजनीतिक क्षेत्रहरुमा अनिवार्य लागू गर्ने 
    प्रभावकारी महिला आन्दोलनका लागि अन्य जनसंगठनहरुसँग सम्पर्क, समन्वय र भगिनीसम्बन्ध बढाउन सशक्त ढंगले लाग्ने
महिला आन्दोलनको थप सुदृढिकरणका लागि राष्ट्रिय तथा अन्तराष्ट्रिय संगठनहरुसँग एक्यबद्धता र मैत्रीपूर्ण सम्बन्ध आदनप्रदान गर्ने

१४ सुत्रिय कार्यक्रम तथा अभियानहरु
अनेमसंले सन् १९९८ मा सम्पन्न गरेको आफ्नो चौथो ऐतिहासिक राष्ट्रिय सम्मेलनबाट अनुमोदित १४ सुत्रिय कार्यक्रम तथा अभियानहरुलाई अंगिकार गरेको छ । अनेमसंले सन् २०१२ मा आफ्नो छेटौं राष्ट्रिय सम्मेलनबाट निम्न कार्यक्रम तथा अभियानहरुलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ः
१. पूर्ण सामाजिक रुपान्तरणका लागि कार्यक्रम
अनेमसंको मुख्य लक्ष्य सम्मानजनक समृद्ध समाजको स्थापनाको लागि जनमुखि संघिय प्रजातान्त्रिक गणतान्त्रिक नेपाललाई संस्थागत र सुदृढ गराउनु रहेको छ । ‘जनताको बहुदलिय प्रजातन्त्र’ लाई आफ्नो मूल सिद्धान्त मान्दै समाजको क्रान्तिकारी रुपान्तरण गर्ने लक्ष्य राखेको छ ।
२. सबै क्षेत्रमा महिलाको प्रतिनिधित्व अभियान
राजनीतिक लगायत सबै क्षेत्रमा महिलाको सहभागिता अझ पनि न्यून रहेको छ । यद्यपि, अन्तरिम संविधानले महिलाहरुको लागि ३३% आरक्षण अनिवार्य गरेको छ । नीति निमार्णगर्नेहरुको अनिच्छा र प्रतिबद्धताको कमीले यसको कार्यान्वयन पक्षमा ढीलासुस्ती भइरहेको छ । यसकारण, अनेमसं नयाँ संविधानमा समानुपातिक प्रतिनिधित्व सुरक्षित गर्न सशक्त ढंगले लागिरहेको छ ।
३. भेदभावको विरोध कार्यक्रम
अनेमसंले परिवार, समाज, कार्यस्थल र राज्यका संयन्त्रहरुमा विद्यमान विभेदकारी अभ्यासहरुको विरोध र आवाजहरु बुलन्द गर्दै आएको छ । अनेमसंले विद्यमान विभेकारी र विरोधाभासी कानून, ऐन, नियम र नियमावलीहरुको अन्त्यका लागि आफ्ना अभियानहरु केन्द्रित गरेको छ ।
४. आर्थिक सशक्तिकरण तथा आत्मनिर्भताका लागि कार्यक्रम
सम्पति आर्जनमा महिलाहरुको ठूलो हिस्साको योगदान रहदै आएको छ । तथापि, सम्पत्तिमा उनीहरुको स्वामित्व र आर्थिक पहँुचलाई वेवास्ता गरिएको छ । यसकारण, अनेमसंले महिलाको सम्पत्ति तथा आर्थिक अधिकारमा पहँुचको सुनिश्चितताको लागि नीतिगत रुपमा आवाज उठाउँदै सशक्त ढंगले कार्यक्रमहरु संचालन गर्दै आएको छ ।
५. अन्धविश्वास र साँस्कृतिक कुप्रथाहरुको विरोधका कार्यक्रम
धर्म, संस्कृति र परम्पराको नाममा हुने बोक्सी, जातिय तथा लैंगिक छुवाछुत, झुमा, देउकी, वादी, दाइजो, छाउपढी जस्था विभेदपूर्ण कुप्रथाहरु महिलाको मान र अधिकारको विरोधमा रहेका छन् । यस्ता अमानविय, सामाजिक कुप्रथाहरुको विरोधमा जागरण र समाजको संस्कृति वैज्ञानिक र प्रगतिशिल ढंगले गर्न आवश्यक कानून निर्माणका लागि आवाज बुलन्छ गर्न अनेमसं निरन्तर लागि परेको छ । 
६. महिला विरोध हुने उत्पीडन तथा हिंसाको विरोधको अभियान
महिला विरोध भइरहेका हिंसाले हाम्रो समाजलाई त्रशित र भयभित बनाइरहेको छ । यस्तो भयावहको सामान्यकरण, सहनशीलता, मौनता राख्ने संस्कृतिले यस्ता भयावहलाई झनै प्रश्रय दिइरहेको छ । अनेमसंले निरन्तर रुपमा यस्ता अपराधहरुको विरोध अभियानहरु संचालन गर्दै आएको छ । साथै, अनेमसंले हिंसाबाट बचेकाहरुको लागि न्याय, सामाजिक सुरक्षाको सुनिश्चितताको लागि काम गरिरहेको छ । अनेमसंले यस्ता उत्पीडितहरुको लागि न्याय र जीविकाको सुनिश्चितता गर्न राज्य तथा सम्बद्ध निकायहरुलाई लबिङ गरिरहेको छ । साथै, यस्तो अवस्था उन्मुलन गर्न आवश्यक कानूनको तर्जू तथा कार्यान्वयन र पारवारिक कचहरीको अभ्यास गर्न जोडदार माग गरिरहेको छ । 
७. शिक्षा, साक्षरता र जागरणका लागि कार्यक्रम
महिलाको सशक्तिकरण र उनीहरुको सामाजिक—साँस्कृतिक सुदृढिकरण र गुणात्मक जीवनयापनका लागि शिक्षा प्रमुख पाटो रहेको तथ्यलाई आत्मसाथ गरेको छ । अनेमसंले स्थापनाकाल देखि नै महिलाको शिक्षामा समान अवसरका लागि माग गरिरहेको छ । अनेमसंले छोरी र महिलाहरुको शिक्षा निशुल्क गर्न तथा उनीहरुका लागि महिलामैत्री शैक्षिक वातावरण निर्माणका लागि जोडदार माग गरिरहको छ । 
८. उपभोक्ता अधिकारका लागि अभियान
नेपालमा नागरिकहरुको उपभोक्ता अधिकार सबभन्दा अनपेक्षित र कुण्ठित अवस्थामा रहेको छ । बजारको अप्राकृतिक एकाधिकार, व्यापारी र एजेन्टहरुको सिन्डिकेट, सामान तथा सेवाहरुमा भइरहने अनियन्त्रित महगाँइले उपभोक्ताहरु चौतर्फी मारमा परिरहेका छन् । खाद्य सामाग्रीमा गरिने मिसावट तथा स्वास्थ्यमा प्रतिकूल हुने रसायनहरुको प्रयोगले महिलाहरु झनै जोखिममा रहेका छन् । यसकारण, उपभोक्ताहरु जटिल र प्राणघातक रोगहरुबाट पीडित रहँदै आएका छन् । ‘उपभोक्ता संरक्षण ऐन’ लागू भएको लामो भइसकेको छ तर यसको प्रभावकारी कार्यान्वयन फित्तलो देखिन्छ । यस विषयमा अनमसंले आफ्नो विशेष चासो प्रकट गरिरहेको छ । 
९. काममा शोषणको विरोध कार्यक्रम
कामकाजी महिलाहरु घर र कार्यस्थलको अनेक जिम्मेवारीहरुबाट थलिएका छन् । झन् कृषि, घरेलु कामदार तथा वैदेशिक रोजगारमा कार्यरत अधिकाशं महिलाहरुमाथि अत्यधिक कामको शोषणमा परिरहेका छन् । उनीहरु मजदुर तथा आधारभूत मानवअधिकारबाट बञ्चित रहँदै आएका छन् । महिलाहरु घर तथा कार्यक्षेत्रमा हुने शारीरिक, मानसिक, भावनात्मक, लंैगिक र आर्थिक रुपमा शोषणमा रहेका छन् । यसर्थ, अनेमसं यी सबै खाले शोषण विरोध अधिकार माग गरिरहेको छ । 
१०. महिलाको स्वास्थ्य तथा प्रजनन् अधिकार
प्रजनन् स्वास्थ्यले महिलाको प्रजनन्को सम्पूर्ण पक्षहरुलाई समेटेको छ तर स्वास्थ्य सेवा र हेरचाहको अभावले महिलाको मृत्युदर, बिरामीपन र उमेरनपुगी गर्भवती हुन अवस्था धेरै रहेको छ । समाजमा व्याप्त परम्परागत लैंगिक भूमिका र त्यसलाई पक्षपोषण गर्ने साँस्कृतिक मान्यता र अभ्यासहरुले छोरी तथा महिलाहरुलाई आफ्नो प्रजनन् प्रणाली बारे निर्णय लिन तथा प्रजनन् अधिकार प्रयोग गर्न बञ्चित गरिरहेको छ । यौन तथा प्रजनन् स्वास्थ्य अधिकार महिलाहरुको आधारभूत अधिकार रहेकोमा अनेमसं विश्वास गर्दछ । यसकारण, राज्यले सबै महिलाहरुको पहँुचमा स्वास्थ्य सेवा सुपथ मूल्यमा  उपलब्ध गराउनु पर्दछ छ । 
११. गरिबी निवारणका लागि अभियान
महिलाहरुको सामाजिक साँस्कृतिक र आर्थिक स्तरको कारण धेरै महिलाहरु गरिबीको मापन मूनि रहेका छन् । महिलाहरु गरिबी विषम चपेटामा छन्, जसका कारण अशिक्षा, अज्ञानता, नैराश्यता र आत्महत्याका जोखिमहरु महिलाहरुमा व्याप्त छ । देशभर फैलिएको गरिबीको पछाडिका कारणहरुमा अप्रभावकारी, भ्रष्ट प्रशासन, अन्यायपूर्ण उत्पादन तथा वितरण प्रणाली, कछुवा गतिको आर्थिक वुद्धि, वैदेशिक सहायताको दुरुपयोग, राजनीतिक अस्थिरता, बहिष्कार लगायत विश्वव्यापी बढ्दो तापमान र मौषमको फेरबेदल आदि रहेका छन् । अनेमसंले सरकार र सम्बद्ध पक्षहरुलाई महिला केन्द्रित कार्यक्रमहरु लागू गरेर गरिबी निवारण गर्न लबिङ, पैरवी र दवावमूलक कार्यहरु गर्दैआएको छ । 
१२. द्धन्द पीडित महिला तथा बालबालिकाका लागि कार्यक्रम
नेपाल १० वर्षे माओवादी द्धन्दबाट गुज्रियो । पुरै देश प्रताडित भयो र अझै पनि त्यसका चिराहरु अनगिन्ती रुपमा समाजमा व्याप्त छन् । धेरैले सहनै कठिन क्षति र दर्दको सामना गरेका छन्, रोजगारीका लागि धेरैले आफ्नो घरदैलो छाडेका छन्, कयन्ले देशै छाडी प्रवासमा असुरक्षित रोजगार गर्न बाध्य छन् भने धेरै मानिसहरु देश भित्रै विस्थापित भएका छन् । द्धन्दकालमा बलात्कार, हत्या जस्ता जघन्य अपराधहरु घटेका छन् , महिला विरोध भएका अपराधहरुमा हत्या, यौनदासी, अनैक्षिक गर्भ आदि रहेका छन् । अनेमसं पीडित र उत्पीडनहरुबाट बाँचेकाहरुका समस्याहरुको उचित समाधान ग्ल्(क्ऋच्(ज्ञघद्दछ र ज्ञडद्दछ अनुसार हुनुपर्ने माग गर्दछ । 
१३. दीगो शान्ति, मानवअधिकार र प्रजातन्त्रका लागि कार्यक्रम
विद्यमान लम्बिएको संक्रमणकालीन अवस्था (जनआन्दोलन भाग २, २००६) ले मानव अधिकारको बर्खिलाप गरेको छ । जनतामा असुरक्षा व्याप्त छ र सबभन्दा पीडित समुहमा बालबालिका, महिला र जेष्ठ नागरिकहरु रहेका छन् । यसले उनीहरुको जीविकालाई कठिन बनाउँदै परिस्थितिलाई झनै जटिल बनाउँदै लगेको छ । धेरैजना बेरोजगार रहेका छन्, शान्ति,सुरक्षा र अन्य आधारभूत मानव अधिकारहरु कुण्ठित अवस्थामा पुगेको छ । संविधान सभा संविधान नबनाइकन तुहाइएको ÷ भंग गरिएको छ । यस्तो अवस्थामा अनेमसं दीगो शान्ति निमार्ण र जनताहरुको आधारभूत मानवअधिकारको संरक्षण र विस्तारका लागि समावेशी सहभागिता सहितको संघिय प्रजातान्त्रिक गणातान्त्रिक नेपालको पक्षमा रहेको र त्यसको पैरवी गरिरहेको छ ।
१४. संरचनात्मक सुधार
महिला सशक्तिकरण र देशको चौतर्फी विकासका लागि पछौटा सामन्ती पितृसतात्मक संरचनाको पुनःसंरचना घरदेखि राज्यस्तरसम्म् हुनुपर्ने मान्यता राख्दछ । यसर्थ, शान्तिपूर्ण, सुरक्षित, समुद्धशाली, सम्मानजनक, न्यायपूर्ण समाज निर्माणका लागि महिलाहरुको सहभागितालाई प्रभावकारी ढंगले गर्नुपर्ने र बढाउनुपर्ने जिम्मेवारीको बोध अनेमसंले गरिरहेको छ ।
गतिविधिहरु
    अनेमसंले आफ्नो लक्ष्य प्राप्तिका लागि गरेका प्रमुख गतिविधिहरु निम्न रहेका छन् ः
    महिला नेतृत्वको विकास र वुद्धिका लागि निरन्तर विभिन्न तहमा शिक्षा र तालिम संचालन गरिरहेको छ 
    अनेमसंको नेतृत्व तथा कार्यकर्ता पंक्तीले देशभर फैलिएको सञ्जाल मार्फत अहोरात्र महिला विरोध भएका सबै खालका हिंसाहरुको विरोध, निगरानी, त्यसको निवारणका लागि जागरण अभियानमा घरदैलो, ¥याली, साँस्कृतिक कार्यक्रम, सडक नाटक, पर्चा वितरण, बृहद सभा, कोण सभा गरिरहेका छन् ।
    घरेलु हिंसा विरोधका ऐन, प्रजनन् स्वास्थ्य अधिकार र गर्भपतन अधिकारको प्रभावकारी कार्यान्वयन गर्दै सामाजिक सुरक्षा बढाउने अभियानलाई व्यापक गर्ने कार्य गरिरहेको ।
    पैत्रिक सम्पत्तिमा अधिकार, महिला विरोध हुने हिंसा, सामाजिक सुरक्षा र रोजगारीका लागि आवश्यक कानून, ऐन, नियम निर्माण गर्न लबिङ तथा पैरवी गरिरहेको
    कोष व्यवस्थापनका लागि अनेमसंले बृहद्ध साँस्कृतिक कार्यक्रम, फिल्म टिकट बिक्री, देउसी भैलो कार्यक्रम, स्थानिय तहको लगानीमा संयुक्त पहलीहरु जस्ता कार्यक्रमहरु गरिरहेको 
    सरकारले हस्ताक्षर गरेकाऋभ्म्ब्ध्, द्यएँब्, ग्ल्क्ऋच् ज्ञघद्दछ, ज्ञडद्दण्  र १९९० को प्रवासी तथा निजका परिवारको सम्बन्धमा भएको महासन्धी जस्ता अन्तराष्ट्रिय सन्धी सम्झौताहरुको निगरानी र कार्यान्वयनमा पैरवी गरिरहेको । 
    संगठनको सुदृढिकरणका लागि कमिटिहरुको गठन र व्यवस्थित परिचालन, सदस्यता वितरण, निरन्तर फलोअप, मुल्याङकन र स्थानिय तहदेखि राष्ट्रिय स्तरसम्मको खबरदारी गरिरहेको
    सामाजिक रुपान्तरणका लागि कार्यशाला, सेमिनार, बृहद कार्यक्रमहरु, अन्धविश्वास, कुप्रथा, परम्परागत जातमा आधारित भेदभाव, छाउपटी, बोक्सी प्रथा, बालविवाह, बहुविवाहको विरोधका लागि जागराण अभियानहरु संचालन गरिरहेको
    नियमित प्रकाशन, सुचनाको प्रसार र शोध गरिरहेको 
    महिलाहरुको आर्थिक आत्मनिर्भरताका लागि संरचानात्मक गतिविधिहरुको संचालन जस्तै बचत तथा क्रण परिचालन, सहकारीहरुको सञ्जाल, क्लब, आमा समूह, संयुक्त अर्गानक तरकारी खेती, सरकारको सम्बन्धित निकायको समन्वयमा विभिन्न साना उद्यमीहरुका लागि तालिम संचालन आदि गरिरहेको 
    महिलाका लागि महिला मैत्री वातावरण र निर्णय तहमा महिला सहभागिता बढाउन सम्बन्धित निकायहरु सरकार, राजनीतिक पार्टीहरु। निजी तथा संस्थागत क्षेत्र, सामाजिक संस्था र प्रतिष्ठानहरुलाई नियमित लबिङ, पैरवी र दवावमूलक कार्यहरु गरिरहेको
    अनेमसंको स्वास्थ्य विभाग मार्फत स्वास्थ्य शिविर, प्रदर्शनी तथा स्वास्थ्य सेवा सहयोग गरिरहेको 


 मुख्य उपलब्धीहरु
ड्ड    अनेमसंघका तत्कालीन अध्यक्ष  विधा देवि भण्डारी आज मुलुकको सम्माननिय राष्ट्रपति हुनुभएको छ । ( पहिला महिला राष्ट्रपति ) यो विषय अनेमसंघका मात्र नभइ सम्पूर्ण  नेपाली महिला हरुका लागि गौरवको विषय हो भने अनेमसंघको उपलब्धी मध्य  एक mष्भि कतयलभ हो ।
            
ड्ड    आज नेपालमा राज्यको सम्पुर्ण निकायमा महिलाको एक तिहाइ सहभागिता सूनिश्चत भएको छ । एक तिहाइ महिला सहभागिताको लागि अखिल महिला संघको नेतृत्वमा विशेष गरि तत्कालीन अध्यक्ष विधा देवि भण्डारी आज मुलुकको सम्माननिय राष्ट्रपति ज्यूको विषेश पहलमा अन्य पार्टिको महिला नेतृत्व समेत लाई सँयोजन गरि सम्भव भएको हो । त्यसकारण आजको एक तिहाइ महिला को सहभागिता सुनिश्चताको मूख्य भुमिका  अखिल  नेपाल महिला  संघले  नै खेलेको  हो ।


प्रमुख सफलताहरु

    सयुंक्त जनआन्दोलनबाट निरकुंश राजतन्त्रको अन्त्य र प्रजातान्त्रिक गणतन्त्रको स्थापना
    सयुंक्त आन्दोलनको विभिन्न कालमा अनेमसंको अक्षुण नेतृृत्वले यसलाई अग्रणी तथा महिला आन्दोलनका लागि विश्वासिलो खम्बा रहेको सावित गरेको छ । 
    अनेमसंले महिलाहरुका लागि स्थानिय तहको गाविस र वडा स्तरमा २०% आरक्षण बढाउन सफल भएको छ । यसले ४०,००० महिलाहरुलाई स्थानिय तहमा निर्वाचित गराउन सफल भएको छ ।
    महिला मन्त्रालय र राष्ट्रिय महिला अयोगको स्थापना
    राजनीतिक पार्टीहस्को विधान र निर्देशिकाहरुमा महिलाको सहभागिता ३३% अनिवार्य गर्दै अनेमसंले महिला शक्ति पार्टीहरु भित्र राख्न सफल भएको छ ।
    अनमेसंले सन् १९९८ मा आफ्नो चौथौं राष्ट्रिय सम्मेलनबाट पारित १४ सुत्रिय कार्यक्रमहरुलाई सम्बद्ध सबै पक्ष, महिला संगठनहरुको समकक्षी संमकक्षी संगठनहरु, राजनीतिक पार्टीहरु र राज्य स्तरमै स्वीकार्य गराउँदै राष्ट्रिय सामुहिक ऐजेण्डा बनाउन सफल भएको छ । 
    व्यवस्थापिकाबाट बेचबिखन विरोध, गर्भपतन अधिकार, वैवाहिक बलात्कार, घरेलु हिंसा अदिका सम्बन्धमा कानुन निर्माण भएको छ ।
    विभिन्न कार्यक्रमहरु विभिन्न सञ्जालहरु गर्दै महिलाहरुलाई राजनीतिक रुपमा सशक्त गर्दै महिला अधिकारको सम्बन्धमा जागरण बढेको छ ।
    भगनी संस्थाहरु बिचको समन्वयको विस्तार गर्दै संयुक्त आन्दोलनको वातावरण निर्माण भएको छ ।
    अनेमसंको पहलीमा २०६३ जेठ १६ गते संकल्प प्रस्ताव र अन्तरिम संविधान संसदबाट पारित भयो । जसमा आमाको नामबाट नागरिकता, लैंगिक आधारमा हुने भेदभाव निषेध, पजनन् स्वास्थ्य तथा महिला अधिकार, महिला विरोध हुने कुनै पनि शारीरिक मानसिक हिंसा दण्डनिय हुने, पैत्रिक सम्पतिमा समान अधिकार रहेको छ । 
    प्रधानमन्त्री कार्यालयमा महिला विरोध हुने हिंसा सुन्न र तत्काल कारवाहीका लागि छुट्टै डेस्कको स्थापना
    संविधान सभामा महिलाहरुको उल्लेखनिय सहभागिताबाट विश्वको ध्यान आकर्षण गराउन सफल भएको छ । यो संभावना ३३% महिला सहभागिताको नीतिले गर्दा नै सभव भएको सर्वविदित छ ।

सचिवालय सदस्यको नामावली हेर्नको लागि यहाँ क्लिक गर्नुहोस ।