१०४ वर्षसम्म कायम रहेको जहानियाँ शासनलाई फालेको १ महिनापछि अखिल नेपाल महिला संघ (अनेमसं) को स्थापना तद्अनुसार मार्च ८, १९५० मा भयो । यो प्रगतिशिल, प्रजातन्त्रप्रेमी, देशभक्त नेपाली महिलाहरुको स्वतन्त्र संगठन हो । यो मजदुर, किसान, गृहणी, विभिन्न पेशामा संलग्न महिला, युवा, विद्यार्थीहरुको नेतृत्वदायी प्रतिनिधित्व रहेको संगठन हो । यो देशभरिबाट १० लाख भन्दा बढि सदस्यता रहेको नेपाली महिलाहरुको सबभन्दा ठूलो संगठन हो । यसको सञ्जाल देशको ७५ जिल्लाको स्थानिय तहदेखि राष्ट्रियस्तरसम्मको फैलिएको छ । सन् १९८१ देखि यता यस संगठनले ६ वटा राष्ट्रिय सम्मेलन सम्पन्न गरिसकेको छ ।