काठमाडौँ, जेठ ४- अनेमसंघ विभागिय प्रमुख, उपप्रमुख र सचिवहरूको बैठक सम्पन्न भएको छ । बैठकमा विभागहरूका कार्ययोजनाका सम्बन्धमा समिक्षा गर्नुका साथै अनेमसंघ संगठन सुदृढीकरण तथा सुद्धिकरण अभियानका बारेमा छलफल भएको थियोे। त्यसैगरी विभागहरूका आगामी कार्ययोजनाको सन्दर्भमा पुनरावलोकन गरेर र आवश्यक अनुसार विभाग, अभियान कमिटी र विशेष कमिटीलाई व्यवस्थित गरेर संगठनको कामलाई सुचारू गर्ने विषयमा छलफल भएको थियो।