जेठ १२, २०८१: अखिल नेपाल महिला संघ म्याग्दी जिल्ला कमिटीकाे नवौं सम्मेलन जेठ ११ र १२ गते म्याग्दीको बेनी बजारमा सम्पन्न भएको छ । उक्त सम्मेलनले यशुदा राेका मगरकाे अध्यक्षतामा २५ सदस्य कमिटी सर्वसम्मत रुपमा चयन गरेको छ । अध्यक्ष यशुदा रोका, उपाध्यक्ष हेमकुमारी गर्बुजा, उपाध्यक्ष पशुपती शाही, सचिव देव कुमारी पुन, उपसचिव जानुका अधिकारी र कोषाध्यक्षमा गौमती रोका चयन हुनु भएको छ ।