detail-img

अखिल नेपाल महिला संघ केन्द्रीय कमिटीले जनताको बहुदलीय जनवाद र वर्तमान राष्ट्रिय राजनीति विषयक विचार गोष्ठीको आयोजना

५ जेठ, ललितपुर- मदन-आश्रित स्मृति दिवस २०८१को सन्दर्भमा अखिल नेपाल महिला संघ केन्द्रीय कमिटीले जनताको बहुदलीय जनवाद र वर्तमान राष्ट्रिय राजनीति विषयक विचार गोष्ठीको आयोजना गर्यो।
जनताको बहुदलीय जनवादका प्रणेता जननेता मदन भण्डारी र कुशल संगठक जिवराज आश्रितको स्मृतिमा आयोजित उक्त कार्यक्रम नेकपा (एमाले)का उपाध्यक्ष एवम् बागमती प्रदेशका पूर्व मुख्यमन्त्री अष्ठलक्ष्मी शाक्यको प्रमुख आतिथ्यमा सम्पन्न ,भएको थियोे। कार्यक्रममा नेकपा (एमाले) स्थायी कमिटीका सदस्य एवम् जनसंगठन समन्वय समितिका संयोजक भानुभक्त ढकाल र नेकपा (एमाले) स्थायी कमिटीका सदस्य एवम् अनेमसंघका इन्चार्ज सीता पौडेलले जननेता मदन भण्डारी र कुशल संगठक जिवराज आश्रितले देश र पार्टीका लागि गर्नुभएको योगदानको चर्चा गर्नुभएको थियो।
२०५० साल जेठ ३ गते पोखराबाट चितवनमा भइरहेको अनेमसंघको भेलालाई संवोधन गर्न जाने क्रममा दुइजना नेताहरूको रहस्यमय जिप दुर्घटनामा परि निधन भएको थियोे।
अनेमसंघले हरेक वर्ष जेठ ५ गते स्मृति दिवस मनाउने गरेकोछ।
कार्यक्रममा नेकपा (एमाले) केन्द्रीय कमिटी सदस्य सरस्वती बस्नेत लगायत अनेमसंघका विभिन्न तहका नेता/कार्यकर्ताहरूको सहभागिता रहेको थियो।
कार्यक्रमको अध्यक्षता अनेमसंघका अध्यक्ष टुका भद्रा हमालले गर्नुभएको थियो भने संचालन महासचिव पेम्बा लामाले गर्नुभएको थियो।
कार्यक्रममा उपाध्यक्षहरू क. सुमित्रा विसी र डा. बिमला राई पौडेल, कोषाध्यक्ष क. इन्दिरा फुयाल लगायत केन्द्रीय सदस्यहरू, प्रदेश र जिल्ला तहका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।