detail-img

विश्व सामाजिक मंचमा अनेमसंघको भूमिका- "राजनीतिमा लैंगिक मुलप्रवाहीकरण र महिला प्रतिनिधित्व" विषयक कार्यक्रम भव्य रुपमा सम्पन्न

माघ ६, २०८०, भृकुटीमण्डप- 

विश्व सामजिक मंच- २०२४ को सन्दर्भमा माघ ६ गते अखिल नेपाल महिला संघले काठमाडौंको राष्ट्रिय सभा गृहमा “राजनीतिमा लैंगिक मुलप्रवाहीकरण र महिला प्रतिनिधित्व” विषयक कार्यक्रम  ८ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । नेकपा (एमाले) का प्रभावशाली नेता एवम् पार्टी महासचिव क.शंकर पोखरेलको प्रमुख आतिथ्यता, अनेमसंघकी अध्यक्ष टुकाभद्रा हमालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पार्टी स्थायी कमिटी सदस्य एवम् अनेमसंघ ईन्चार्ज सीता पौडेल लगायत पदाधिकारीहरु, पार्टी नेताहरु, तिनै तहका जनप्रतिनिधिहरु, नेपाली तथा विदेशी नेताहरु लगायत अधिकारकर्मीहरुको उल्लेख्य उपस्थिति रहेको थियो । 

कार्यक्रममा मलेसियाकी पुर्व मंत्री एलिजाबेथ ओंग, अखिल भारत प्रगतिशील महिला संघकी उपाध्यक्ष प्रतिमा एंगेपी, बंगलादेश कम्युनिष्ट पार्टीकी केन्द्रीय सदस्य लक्की अख्तर तथा  विगो, दक्षिण अफ्रिकाकी प्रतिनिधी प्याट हर्नको उपस्थिति रहेको थियो  । उहाँहरुले आफ्नो देशमा महिला राजनीतिक अवस्थाको बारेमा उदृत गर्दै मन्तव्य राख्नु भएको थियो  ।