detail-img

अखिल नेपाल महिला संघद्वारा मधेस प्रदेशमा प्रशिक्षक प्रशिक्षण सम्पन्न

अखिल नेपाल महिला संघकाे केन्द्रीय प्रशिक्षण विभाग र मधेस प्रदेश कमिटीकाे आयाेजनामा  प्रदेश स्तरिय  प्रशिक्षक प्रशिक्षण सम्पन्न भएकाे छ । फागुनको १५, १६, र १७ गते आयोजित ३ दिने  प्रशिक्षणमा अनेमसंघ र पार्टीका नेताहरुले प्रशिक्षण दिनु भएको थियो । 

नेकपा (एमाले) केन्द्रीय कमिटीका सचिव तथा मधेस प्रदेशका इन्चार्ज योगेश भट्टराई, पार्टीका पोलिटव्युरो सदस्य पुरुषोत्तम पौडेल, पोलिटव्युरो सदस्य ज्वाला कुमारी साह, पार्टी केन्द्रीय सदस्य सरोज यादवले प्रशिक्षण दिनुभएको थियो । साथै अनेमसंघ ईन्चार्ज एवम् नेकपा (एमाले) स्थायी कमिटी सदस्य सीता पाैडेल, अनेमसंघका अध्यक्ष टुका भद्र हमाल, उपाध्यक्ष शर्मिला कार्की, महासचिव पेम्वा लामा, अनेमसंघ स्थायी कमिटी सदस्य एवम् केन्द्रीय  प्रशिक्षण विभाग प्रमुख डा. पुष्पा केसी भण्डारी, केन्द्रीय प्रशिक्षण विभाग उपप्रमुख सदीक्षा चौहान, अनेमसंघ लेखा आयोगको प्रमुख टिना सुवेदीले प्रशिक्षण दिनुभएको थियो। 

प्रशिक्षणका निम्न विषयवस्तुहरू समेटिएका थिए :
१) मार्क्सवादी दर्शन, २) स्थानीय जनप्रतिनिधि र अनेमसघकाे सम्बन्ध । ३) नेपाली महिला आन्दाेलन र प्राप्त उपलब्धि, ४) जबज र दशाै महाधिवेशनकाे कार्यदिशा, ५)  सगठन निर्माण र परिचालन, ६) सचारको महत्व, ७) महिला नेतृत्व विकास र प्रशिक्षण कला, ८) अनेमसंघ र आर्थिक व्यवस्थापन, ९) मार्क्सवादी सस्कृति ।

प्रशिक्षणमा पार्टीका केन्द्रीय सदस्य माननीय निर्मला देवकोटा, केन्द्रीय सदस्य क. कल्पना कटुवाल, पार्टीको मधेस प्रदेश कमिटीका सचिव मनोज पौडेल, पार्मटीको मधेस प्रदेश कमिटीको उपसचिव आरती भण्डारीको आतिथ्यतारहेको थियो । 

निजगढको बारामा संचालित उक्त प्रशिक्षणको समापन फागुन १७ गते भएको थियो ।