अखिल नेपाल महिला संघकाे केन्द्रीय प्रशिक्षण विभाग र कोशी प्रदेश कमिटीकाे आयाेजनामा प्रदेश स्तरिय प्रशिक्षक प्रशिक्षण सम्पन्न भएकाे छ । २०८० फागुनको २६, २७ र २८ गते आयोजित ३ दिने प्रशिक्षणमा अनेमसंघ र पार्टीका नेताहरुले प्रशिक्षण दिनु भएको थियो ।
नेकपा (एमाले) स्थायी कमिटी सदस्य डा. शिवमाया तुम्बाहान्फे, पार्टीका स्थायी कमिटी सदस्य गुरु बराल, पार्टी केन्द्रीय कमिटीका सदस्य दिपक कार्की, नेकपा (एमाले) कोशी प्रदेशका अध्यक्ष घनश्याम खतिवडाले प्रशिक्षण दिनुभएको थियो । साथै अनेमसंघ ईन्चार्ज एवम् नेकपा (एमाले) स्थायी कमिटी सदस्य सीता पाैडेल, अनेमसंघका अध्यक्ष टुका भद्र हमाल, उपाध्यक्ष शर्मिला कार्की, उपाध्यक्ष मेनुका काफ्ले, सचिव विना देवी राई, कोषाध्यक्ष इन्दिरा फुयाल, अनेमसंघ स्थायी कमिटी सदस्य एवम् केन्द्रीय प्रशिक्षण विभाग प्रमुख डा. पुष्पा केसी भण्डारी, अनेमसंघ केन्द्रीय सदस्य तथा प्रशिक्षण विभाग उपप्रमुख सदीक्षा चौहानले प्रशिक्षण दिनुभएको थियो।
प्रशिक्षणका निम्न विषयवस्तुहरू समेटिएका थिए :
१) मार्क्सवादी दर्शन, २) स्थानीय जनप्रतिनिधि र अनेमसघकाे सम्बन्ध । ३) नेपाली महिला आन्दाेलन र प्राप्त उपलब्धि, ४) जबज र दशाै महाधिवेशनकाे कार्यदिशा, ५) सगठन निर्माण र परिचालन, ६) महिला र प्रविधि ७) महिला नेतृत्व विकास र प्रशिक्षण कला, ८) अनेमसंघ र आर्थिक व्यवस्थापन, ९) मार्क्सवादी संस्कृति ।
प्रशिक्षणमा झापा जिल्ला कमिटीका नेताहरु, अनेमसंघ केन्द्रीय कमिटीका नेताहरुको आतिथ्यता रहेको थियो ।
झापाको गौरादहमा संचालित उक्त प्रशिक्षणको अध्यक्षता अनेमसंघ कोशी प्रदेश अध्यक्ष सिर्जना राईले गर्नुभएको थियो ।