detail-img

अखिल नेपाल महिला संघ सुदुरपश्चिम प्रदेश सतरीय प्रशिक्षक प्रशिक्षण सम्पन्न

अखिल नेपाल महिला संघकाे केन्द्रीय प्रशिक्षण विभाग र सुदुरपश्चिम प्रदेश कमीटीकाे आयाेजनामा  प्रदेश स्तरिय  प्रशिक्षक प्रशिक्षण सम्पन्न भएकाे छ । उक्त प्रशिक्षणमा पार्टी केन्द्रीय स्कुल विभाग सुदुरपश्चिम प्रदेश संयोजक राजेन्द्र रावल, अनेमसंघ ईन्चार्ज सीता पाैडेल, अनेमसंघका अध्यक्ष टुका भद्र हमाल, उपाध्यक्ष शर्मिला कार्की, महासचिव पेम्बा लामा, सचिव एवम् सुदुरपश्चिम प्रदेश इन्चार्ज आशा बिक, कोषाध्यक्ष इन्दिरा फुयाल, सुदुरपश्चिम प्रदेशका अध्यक्ष कृष्ण प्रसाद जैसी, स्थायी कमिटी सदस्य एवम् केन्द्रीय  प्रशिक्षण विभाग प्रमुख पुष्पा केसी भण्डारी, केन्द्रीय प्रशिक्षण विभाग सचिव कमला केशी, सदस्य भावना भट्टले विभिन्न विषयहरूमा प्रशिक्षण दिनुभएको थियो।

प्रशिक्षणका विषयहरू:
1) मार्क्सवादी दर्शन, 2) नेकपा एमाकाे दशाै महाधिवेशनकाे कार्यदिशा 3) सगठन निर्माण र परिचालन 4) महिला नेतृत्व बिकास 5) महिला सम्बन्धी अन्तर्राष्टिय महासन्धी, 6) मार्क्सवादी संस्कृति 7 ) नेपाली महिला आन्दाेलन र प्राप्त उपलव्धि  8) प्रशिक्षण कला 9) संचारको महत्व 10) स्थानीय जनप्रतिनिधि र अनेमसंघकाे सम्बन्ध । 


प्रशिक्षण  २०८० चैत २० देखि २२ गतेसम्म धनगढीमा संचालन भएको थियोे। महिला आन्दोलनलाई सुदृढ र संगठित गर्न सक्षम नेतृत्व तयार गर्ने उदेश्यका साथ अनेमसंघले ७ वटै प्रदेशमा प्रशिक्षक प्रशिक्षण सचालन गरिरहेको छ। २०८० माघ १५ गते लुम्बिनी प्रदेशबाट सुरू भएको प्रशिक्षणको पाँचौ शृंखलाको सुदुरपश्चिम रहेकाे छ । कार्यक्रममा सुदुरपश्चिम प्रदेशका ९ जिल्लाका ३२ जनाको सहभागीता रहेको थियो। कार्यक्रमको अन्तमा अनेमसंघका इन्चार्ज सीता पौडेले सहभागिहरूलाई प्रमाण-पत्र प्रदान गर्नुभएको थियो। हालसम्म ५ वटा प्रदेशमा कार्यक्रम सम्पन्न भएका छन् ।