detail-img

अनेमसंघको प्रशिक्षक पशिक्षणको छैठौं शृंखला कर्णाली प्रदेशमा सम्पन्न

अखिल नेपाल महिला संघकाे केन्द्रीय प्रशिक्षण विभाग र कर्णाली प्रदेश कमीटीकाे आयाेजनामा  प्रदेश स्तरिय  प्रशिक्षक प्रशिक्षण सम्पन्न भएकाे छ । उक्त प्रशिक्षणमा अनेमसंघ ईन्चार्ज एवम् नेकपा (एमाले) स्थायी कमिटी सदस्य सीता पाैडेल, अनेमसंघका अध्यक्ष टुका भद्र हमाल, उपाध्यक्ष शर्मिला कार्की, महासचिव पेम्वा लामा, अनेमसंघ स्थायी कमिटी सदस्य एवम् केन्द्रीय प्रशिक्षण विभाग प्रमुख डा. पुष्पा केसी भण्डारी, केन्द्रीय प्रशिक्षण विभाग सचिव कमला केसीले प्रशिक्षण दिनुभएको थियो।

प्रशिक्षणका विषयहरू:
१) मार्क्सवादी दर्शन, २) स्थानीय जनप्रतिनिधि र अनेमसघकाे सम्बन्ध । ३) नेपाली महिला आन्दाेलन र प्राप्त उपलब्धि, ४) जबज र दशौँ महाधिवेशनकाे कार्यदिशा, ५)  संगठन निर्माण र परिचालन, ६) संचारको महत्व, ७) महिला नेतृत्व विकास र प्रशिक्षण कला, ८) अनेमसंघ र आर्थिक व्यवस्थापन, ९) मार्क्सवादी संस्कृति ।


प्रशिक्षणको समापनमा नेकपा (एमाले) प्रदेश कमिटीका अध्यक्ष गुलाब जंग साह, पार्टी सचिव लेखराज भट्ट, बिरेन्द्रनगर नगर प्रमुख एवम् पार्टी केन्द्रीय सदस्य, सुर्खेत जिल्ला अध्यक्ष कुलमणी देवकोटा, अनेमसंघका सचिव एवम् कर्णाली प्रदेश इन्चार्ज मिना सिं रखालले मन्तव्य व्यक्त गर्नुभएको थियो।


अन्तमा अनेमसंघका इन्चार्ज सीता पौडेले शुभकामना दिनुका साथै सहभागिहरूलाई प्रमाण-पत्र प्रदान गर्नुभएको थियो भने अनेमसंघका अध्यक्ष टुक्रा भद्र हमालले पनि मन्तव्य राख्नुभएको थियो। 
प्रशिक्षण  २०८० चैत २५ देखि २७ गतेसम्म बिरेन्द्रनगर, सुर्खेतमा संचालन भएको थियोे। महिला आन्दोलनलाई सुदृढ र संगठित गर्न सक्षम नेतृत्व तयार गर्ने उद्देश्यका साथ अनेमसंघले ७ वटै प्रदेशमा प्रशिक्षक प्रशिक्षण सचालन गरिरहेको छ। २०८० माघ १५ गते लुम्बिनी प्रदेशबाट सुरू भएको प्रशिक्षणको छैठौं शृंखला कर्णाली प्रदेश रहेकाेछ । कार्यक्रममा कर्णाली प्रदेशका ८ जिल्लाका ५० जनाको सहभागीता रहेको थियो। समापन कार्यक्रमको अनेमसंघ कर्णाली प्रदेशका अध्यक्ष पद्मा खड्काको अध्यक्षतमा सम्पन्न भएको थियोे र कार्यक्रम संचालन उपाध्यक्ष अम्बिका बोहराले गर्नुभएको थियो। हालसम्म ६ वटा प्रदेशमा कार्यक्रम सम्पन्न भएकछन् ।